१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

एमाले बाँके क्षेत्र नं. ३ ख को सम्पर्क कार्यालय जानकीमा



नेपालगन्ज । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार प्रसारको लागि नेकपा एमालेले आज बाँके क्षेत्र नंं ३ प्रदेश (ख) को सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जानकी गाउँपालिका-४ खजुराखुर्दमा एक समारोहका बीच नेकपा एमाले बाँकेका अध्यक्ष एवम् बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति र क्षेत्र नं. ३ प्रदेश (ख) का उम्मेदवार भीम वलीले उद्घाटन गरेका हुन ।

क्षेत्र नं. ३ प्रदेश (क) को बैजनाथमा र क्षेत्र नं. ३ को सम्पर्क कार्यालय खजुरामा स्थापना गरेर चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाईने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

कार्यालय स्थापना समारोहमा एमाले प्रदेश कमिटी सदस्य एकमाया बि.क., जिल्ला उपाध्यक्ष डिल्ली बिसी, जानकी गाउँपालिका इन्चार्ज किशोर थापा, गाउँपालिका कमिटी अध्यक्ष बिश्रामकुमार बर्मा लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रदेश तथा क्षेत्रस्तरीय सम्पर्क कार्यालय स्थापना लगत्तै क्षेत्रभरी वडास्तरमा नेकपा एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन कमिटी गठन हुने एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले बताए ।

नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश (क) मा पार्टी सचिव रत्न खत्री र प्रदेश (ख) मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बनेका छन ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ४९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा