३० पुस २०८२, बुधबार | January 14, 2026

१२ वर्षदेखि फरार अभियुक्त पक्राउ



भक्तपुर । भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

२४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका-१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाकाे हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएकाे थियाे ।

त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हाे । प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेकाे परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौ चलान गरेकाे उनले जनाए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : २४ बजे

करोड खर्च गरेर ‘एसएमएस आतंक’ मच्चाउने सेढाईँ पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै करोड खर्च गरेर सर्वसाधारणलाई

काठमाडौंबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंबाट चुनावी अभियान सुरु

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

दार्चुला । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै