१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा हुने



काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीपछि नेपालको खेलकूद लयमा फर्कने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

“पुरानै तथा अत्यवाश्यक काममा मात्र खर्च गरिनेछ’’, उहाँले भन्नुभयो । अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा मन्त्रालयका लागि रु दुई अर्ब ३८ करोड बजेट विनियोजन गर्नुभएको थियो । उक्त बजेटमध्ये स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि ४० करोड विनियोजन गरिएको छ । चालु आवमा ८४ स्थानीय तहमा खेलग्रामअन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ । ’’आगामी आवमा ती पुरानै संरचना निर्माण सम्पन्न गरिनेछन्, केही पालिकामा पूर्वाधार निर्माणको काम अघि बढाइने छ’’, मन्त्री विश्वकर्माले भन्नुभयो ।

सरकारले विभिन्न खेल संघलाई बजेट विनियोजन गरेको र खेलाडीका लागि दुर्घटना बीमालगायत कामका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ सागमा ऐतिहासिक जीत हासिल भएको छ भन्दै मन्त्री विश्वकर्माले उक्त सागका स्वर्ण पदक विजेतालाई मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको बताउनुभयो । केही सांसदले मन्त्रीका क्षेत्रमा बजेट केन्द्रित रहेको आरोपको खण्डन गर्दै उहाँले बजेट कुनै क्षेत्र र तहमा केन्द्रित नरहेको स्पष्ट पार्नुभयो । विगतमा अघि बढाइएका संरचना निर्माणमा बजेट खर्च गरिने र बाँकी भौतिक पूर्वाधार निर्माणका काम आगामी वर्षमा गरिने उहाँको भनाइ थियो ।

आगामी फागुनमा गण्डकी प्रदेशका ११ जिल्लासहित पोखरामा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा आयोजना गर्ने सरकारको योजना रहेको बताउनुभयो । सरकारले इटहरी, जनकपुरधाम, पोखरा, वीरगञ्ज, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढीस्थित रंगशालालाई प्रदेशस्तरीय रंगशालाका रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको उहाँले उल्लेख गर्नुभयो । आफ्नो कार्यकालमा विभिन्न खेल संघको विवाद समाधान गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार काठमाडौँको मूलपानीसहित देशका नौ ठाउँमा क्रिकेट रंगशाला निर्माण अघि बढाइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)बाट आर्थिक लाभ लिएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री विश्वकमाले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न सम्बन्धित सांसदलाई चुनौती दिनुभयो । उहाँले सो आरोप संसद्को रेकर्डबाट हटाउनसमेत माग गर्नुभयो । मन्त्री विश्वकर्माले विनाआधार आफ्नो छवि धमिल्याउने काम गरिएको छ भन्दै आफूले खेलकूदको क्षेत्रमा अभूतपूर्व काम गरेको जिकिर गर्नुभयो । ’’बजेट न्यून भएका कारण खेलकुदका सबै विषयलाई सम्बोधन गर्न सकेका छैनौँ, रु १९ करोड बजेटले कहाँ के गर्ने ?’’, उहाँले भन्नुभयो । निष्ठा र इमानका साथ आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेको उहाँको भनाइ थियो ।

सो अवसरमा सांसद रंगमती शाही, प्रेम सुवाल र एकवाल मियाँले मन्त्री विश्वकर्मालाई पूरक प्रश्न गर्नुभएको थियो । सांसद शाहीले खेलकूदको बजेट कम भएको, सांसद सुवालले युवालाई राष्ट्रिय सेवा दलको तालीम तथा सांसद मियाँले देशकै पुरानो वीरगञ्ज रंगशाला जीर्ण भएका बारे प्रश्न सोध्नाका साथै तराई –मधेशमा लोकप्रिय कुसती र कबड्डी खेललाई प्राथमिकतामा राख्न मन्त्री विश्वकर्मालाई आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : ०२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले