२१ बैशाख २०८३, सोमबार | May 4, 2026

कृषिमन्त्री भुषालको प्रतिवद्धता, – कृषिमा अब छुद्र राजनीतिकरण हुँदैन, काम गर्नेले मात्र अनुदान पाउँछ



काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिदै उहाँले अब प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीतिकरण नहुने प्रतिवद्धता जनाउनुभएको हो ।

विगतमा प्रधानमन्त्री कृषि आधुुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर विगार्ने काम भएको भन्दै उहाँले अब सुधार गरेर अघि बढ्ने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हामीले बिगार्यौ । सबै मिलेर बिगार्यौं । अनावश्यक राजनीतिकरण र गुटकरण गरेर त्यसलाई ध्वस्त पार्यौ हामीले । हाम्रै आफ्नै सबैभन्दा ठूलो प्रोजेक्ट भएकाले त्यसलाई नफाल्ने निर्णय गरेको हो । राम्रो बनाउन लागेका छौ । अब जस्ले गर्छ त्यसले मात्रै सरकारको अनुदान पाउँछ । अब छुद्र राजनीतिकरण हुदैन । कृषि मन्त्रालयबाट दिने कुरामा कम्तिमा यति विश्वास गर्नुहोस् । यदि कमिसनखोरीकै सत्ता चलेको हो भने अब त्यो कमिसनखोरीको आयु पुरा भयो भनेर हामीले हेर्ने हो । ”

उहाँले आफु बिग्रिएको स्थिति सुधार गर्न आएको पनि स्पष्ट पार्नुभयो । सो परियोजनामा सांसदहरुले नै करोडौ रुपैया लगेको भन्ने सांसहरुको जिज्ञासामा उहाँले भन्नुभयो “ सांसदहरु पनि करोडौमा लागे । त्यस्तो भयो होला भन्नका लागि म संग प्रमाण छैन । केही रेकर्डहरु छैन । मन्त्रालयमा केही छैन । पुराना कागज छैन । रेकर्ड खोज्यो छैन । स्थिति त्यस्तो छ ।”

उहाँले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपुर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “किसान पेन्सन भनेर अब हामीले नारा मात्रै लगाउने होइन । गर्ने हो । तर सामान्य को किसान हो होइन भनेर तथ्यांक समेत हामीले लिएका छैनौ त्यसैले तपाईले हरेक पटक संसदमा कोर्रा लगाईदिनोस् मलाई ताकि छिटो भन्दा छिटो हाम्रो मन्त्रालयले किसानको सूचीकरण सम्म गर्न सकोस् त्यसपछि के गर्ने हो संगै गरौला । ”

कृषि उद्योगको नारा लगाईरहेपनि कृषिको औद्योगिकरणको बाटोमा हिड्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले कृषि शिक्षा र कृषि कर्मलाई संगसगै लैजानका लागि सुर्खेतमा ७० वटा स्कुलमा पाईलट योजना सुरु गएिको पनि जानकारी दिनुभयो । मन्त्री भुसालले आगामी आर्थिक बर्ष देखि मलमा जस्तै विउमा अनुदान दिन सुरु गरिएकोे तथा सरोकारित मन्त्रालय संग मिलेर सिंचाईको राम्रो व्यवस्था गरिएको बताउनुभयो । सांसदहरु पद्मनारायण चौधरी, प्रेम सुवालले मन्त्रीको जवाफमा थप स्पष्टिकरण मागेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : १२ बजे

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा