९ पुस २०८२, बुधबार | December 24, 2025

माओवादी केन्द्र बुटवल नगरकमिटी सदस्य सहित २ जना एमाले प्रवेश



बुटवल । नेकपा माओवादी केन्द्र बुटवल नगर कमिटी सदस्य विष्णु सिंह ठकुरी सहित दुइ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नगर सदस्य सिंह र बुटवल २ का वडा कमिटी सचिव इतेन्द्र कुमार बज्राचार्यले लामो समयदेखि श्रमजिवी सर्वहारा वर्गको मुक्ति, आर्थिक समृद्धि र रुपान्तरणका लागि बाम आन्दोलनको एउटा धार नेकपा (माओवादी केन्द्र) मा आवद्ध रहेकोमा उक्त पार्टीले लिएका लक्ष्य र उद्देश्य पुरा गर्न नसक्ने ठहर गरी माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् ।

पछिल्ला दिनमा माओवादी केन्द्रले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी शक्तिहरुसँग साँठगाठ गर्दै सिंगो कम्युनिष्ट आन्दोलनकै विर्सजन गर्ने खलनायकको भुमिका निर्वाह गरेका कारण उक्त पार्टीमा रहिरहन आफ्नो स्वाभिमानले नदिएको उनीहरुले बताएका छन् ।

साथै विज्ञप्तिमा मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा कवच नेकपा ९एमाले० मात्र रहेको ठहर गर्दै नेकपा ९एमाले० मा प्रवेश गर्ने निर्णय गरेको उल्लेख छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ०४ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)