४ आश्विन २०८३, आइतबार | September 20, 2026

जनताका आधारभूत समस्या ख्याल गरेर काम गर्नेछुः रूपन्देही क्षेत्र नम्बर २ (२) प्रदेशसभा उम्मेदवार श्रेष्ठ



बुटवल । नेकपा एमाले प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफू निर्वाचित भए जनताको पूर्ण विश्वास जितेर काम गर्ने बताएका छन् । रूपन्देही क्षेत्र नम्बर २ (२) का उम्मेदवार श्रेष्ठले जनताको आधारभूत आवश्यकतालाई ख्याल गरी ठोस योजनाका साथ काम गर्ने प्रतिबद्वता जनाए ।

मंगलबार बुटवलमा पत्रकारहरुसँगको छलफलमा उम्मेदवार श्रेष्ठले प्रदेश संरचनालाई बलियो बनाउँदै जनताका समस्यालाई गम्भीरताका साथ लिएर इमानदारितापूर्वक काम गर्ने बताए । प्रदेशका पूर्व मन्त्री समेत रहेका बुटवलका ठूलो योजना कार्यान्वनमा जोड दिँदै विकासको मोडलमा बुटवललाई नमूना बनाउन आफ्नो सम्पूर्ण ध्यान हुने बताए । ‘शिक्षा, स्वास्थ्य र रोजगारी जनताका प्रमुख आवश्यकता हुन’ श्रेष्ठले भने, ‘सर्वसुलभ बन्नुपर्छ ।

त्यो मेरो पहिलो आवश्यकता हो । तीन तहको सरकारलाई सहसम्बन्धन कार्यान्वन गर्दै जाने प्रयत्न मेरो रहनेछ ।’ उनले जनतालाई पूरा गर्न नसकिने बाचाहरुप्रति आफू सचेत रहेको भन्दै गर्ने सक्ने कुराहरु मात्र आफूले प्रतिबद्धताका रुपमा अगाडि सार्ने पनि श्रेष्ठले बताए ।

प्रदेश सरकारको छोटो कार्यकालको लागि स्वास्थ्यमन्त्री हुँदा पनि आफलेू जनतालाई दीर्घकालीन महत्वका काम गरेको भन्दै आगामी दिनमा पनि त्यस्तै कामहरु गर्ने आफ्नो योजना रहेको उनले सुनाए । सिद्धबाबाको बैकल्पिक मार्ग, झुम्सा खानेपानी, बुटवलको सडक, छाडा चौपाया व्यवस्थापन, फोहोरको दीर्घकालीन व्यवस्थापनको लागि आफू सधै लागिरहेको उनको भनाइ छ । श्रेष्ठ २०७४ को प्रदेशसभा निर्वाचनमा पनि रुपन्देही-२ (२) मा भारी मतका साथ विजयी भएका थिए ।

यो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र रूपन्देही-२ (१) प्रदेशसभा लिला गिरी उम्मेदवार छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : ४३ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल