२० बैशाख २०८३, आइतबार | May 4, 2026

उपराष्ट्रपति पुनसँग गरे पाकिस्तानी राजदूत शाहले बिदाई भेट



काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत सैयद हैदर शाहले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बिदाईभेट गरेका छन् ।

राजदूत हैदर शाहले बुधबार उपराष्ट्रपतिलाई भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी हितका विषयमा समेत छलफल भएको थियो ।

त्यसक्रममा उपराष्ट्रपति पुनले पाकिस्तानमा चिकित्सा र प्राविधिक शिक्षाको क्षेत्रमा नेपाली विद्यार्थीहरूको शिक्षाका लागि पाकिस्तानले गरेको उदार सहयोगको प्रशंसा गरे । पुनले कोभिड–१९ को महामारीका बेला नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन राजदूत शाहको सक्रिय भूमिका र पहलको पनि प्रशंसा गरे ।

राजदूत हैदर शाहले नेपाल सरकारले पाकिस्तानमा बाढीपीडितका लागि पठाएको राहत सामग्रीका लागि उपराष्ट्रपति पुनलाई धन्यवाद दिँदै समयमै सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरे ।

आफ्नो कार्यकालभर पाकिस्तानी दूतावासलाई निरन्तर सहयोग गरेकोमा उनले पुनप्रति कृतज्ञता व्यक्त गरे। उनले सन् २०२२ मा पाकिस्तानको राष्ट्रिय र स्वतन्त्रता दिवसको स्वागत समारोहमा उपराष्ट्रपतिको प्रमुख अतिथिको रूपमा उपस्थित भएको कुरा पनि स्मरण गरे ।

भेटमा उपराष्ट्रपति पुनले राजदूतलाई नेपाली ढाका टोपी र खादाले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ५० बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता