१८ माघ २०८२, आइतबार | February 2, 2026

उपराष्ट्रपति पुनसँग गरे पाकिस्तानी राजदूत शाहले बिदाई भेट



काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत सैयद हैदर शाहले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बिदाईभेट गरेका छन् ।

राजदूत हैदर शाहले बुधबार उपराष्ट्रपतिलाई भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी हितका विषयमा समेत छलफल भएको थियो ।

त्यसक्रममा उपराष्ट्रपति पुनले पाकिस्तानमा चिकित्सा र प्राविधिक शिक्षाको क्षेत्रमा नेपाली विद्यार्थीहरूको शिक्षाका लागि पाकिस्तानले गरेको उदार सहयोगको प्रशंसा गरे । पुनले कोभिड–१९ को महामारीका बेला नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराउन राजदूत शाहको सक्रिय भूमिका र पहलको पनि प्रशंसा गरे ।

राजदूत हैदर शाहले नेपाल सरकारले पाकिस्तानमा बाढीपीडितका लागि पठाएको राहत सामग्रीका लागि उपराष्ट्रपति पुनलाई धन्यवाद दिँदै समयमै सहयोग गरेकोमा हार्दिक आभार व्यक्त गरे ।

आफ्नो कार्यकालभर पाकिस्तानी दूतावासलाई निरन्तर सहयोग गरेकोमा उनले पुनप्रति कृतज्ञता व्यक्त गरे। उनले सन् २०२२ मा पाकिस्तानको राष्ट्रिय र स्वतन्त्रता दिवसको स्वागत समारोहमा उपराष्ट्रपतिको प्रमुख अतिथिको रूपमा उपस्थित भएको कुरा पनि स्मरण गरे ।

भेटमा उपराष्ट्रपति पुनले राजदूतलाई नेपाली ढाका टोपी र खादाले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ५० बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन