३० पुस २०८२, बुधबार | January 14, 2026

भाइरल प्रभावित क्षेत्रमा पुन: आकस्मिक स्वास्थ्य शिविर



खोटाङ । खोटाङमा भाइरलले सयभन्दा बढी स्थानीय बिरामी भएको ठाउँमा पुनः आकस्मिक शिविर सञ्चालन गरिएको छ ।

भाइरलले १०३ जना बिरामी परेको ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलको बादेलमा दोस्रो पटक बुधबारबाट आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

दशैं अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरलले सयौं स्थानीय बिरामी परेपछि स्वास्थ्यचौकीसँगको समन्वयमा वडा कार्यालयले गत शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

औषधि वितरण गर्दा पनि निको नभएका बिरामीलाई लक्ष्यित गर्दै स्वास्थ्यकर्मीसहित आकस्मिक स्वास्थ्य शिबिर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

भाइरलले थलिएका ४४ जना बिरामीको दोश्रोपल्ट स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको छ । शिविरमा ल्याइएका दुई वृद्धा सहित चार जनालाई स्लाइन दिइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार गम्भीर अवस्थाका छ जनालाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क लैजान सुझाव दिइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

भाइरलले साविकको बाकाचोल-२ र ३ मा पर्ने बादेलका अधिकांश घरका स्थानीय बिरामी परेका छन् । अधिकांस बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका डा. संगम न्यौपाने, ल्याव असिस्टेन्ट उमेश आचार्य, हेल्थ असिस्टेन्ट दिपेन्द्र मगर, स्वास्थ्य स्वयंसेविका रमिता राई लगायतको टोली सहित आकस्मिक स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ७ : ३२ बजे

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी

एघारौ जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि एभरेष्टलाई

बुटवल । बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन

कांग्रेस केन्द्रीय कार्यसमितिबाट १५औ महाधिवेशन बैशाखमा गर्ने निर्णय अनुमोदन

काठमाडौं । विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको नेपाली कांग्रेसको केन्द्रीय