१३ असार २०८३, शनिबार | June 27, 2026

माधव नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पठायो रौतहट प्रहरीलाई पत्र



काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई निर्देशन दिएको छ ।

मतदातालाई झुठो आश्वासन बाँढेर आचार संहिता विपरित कार्य गरेको भनि परेको उजुरीमाथि नेपालको तर्फबाट स्पष्टीकरण प्राप्त नहुँदै आयोगले रौतहट प्रहरीलाई पत्र पठाएर आवश्यक कारवाही गर्न निर्देशन दिएको हो ।

आयोगले नेपाल विरुद्ध निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको छ ।

हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रभावित पार्न फ्रि भिसा र फ्रि टिकट दिने भनेको श्रव्यदृश्य सामाग्री नेपालको नभएको भन्ने आधार नभएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।

रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ‘बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी दिएको वक्तव्य सामाजिक सञ्जालमा सार्वजनिक भएको र यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको आयोगमा पत्रमा उल्लेख छ ।

सोहीअनुसार आयोगले कारबाही प्रक्रिया अगाडि बढाउन पनिे रौतहट प्रहरीलाई पत्राचार गरेको हो ।

आयोगले बिहीबारमात्रै नेपाललाई समेत स्पष्टीकरण पठाएको छ । तर, सुनुवाईको मौका नदिइकन आयोगले नेपालमाथि कारवाही प्रक्रिया समेत अघि बढाएको छ । नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भने पनि समानान्तर रुपमा रौतहट प्रहरीलाई समेत आजै पत्र पठाएर नेपाल विरुद्ध कारवाही प्रक्रिया अघि बढाउन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा मतदातालाई कुनै किसिमले लोभ लालच देखाउन वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था छ । ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था निर्वाचन ऐनमा रहेको छ ।

 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : ५२ बजे

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष