४ आश्विन २०८३, आइतबार | September 20, 2026

गठबन्धनको उम्मेदवार जोसुकै भए पनि तरुण दलले जिताउँछ : तरुण अध्यक्ष विद्वान गुरुङ



नवलपरासी । तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन उम्मेदवार जो सुकै भएपनि तरुण दलले जिताउने बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले राखिएको चुनाव लक्षित तरुणसँग अन्तरक्रिया भेलामा बोल्दै गुरुङले गठबन्धन आजको अवश्यकता रहेकाले उम्मेदवार जो भएपनि तरुणले जिताउनु पर्ने बताएका हुन् ।

कार्यक्रममा सहभागीहरूले तरुण दल अध्यक्ष गुरुङसँग धेरै मत हुँदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भूमिका के हो ? स्थानीय नेताको भूमिका कस्तो हुनुपर्छ ? लगायतको प्रश्न गरेका थिए ।

तरुण कार्यकताृबाट आएका प्रश्नको उत्तर दिँदै अध्यक्ष गुरुङले अहिलेको गठबन्धनको आवश्यकता र अपरिहार्यताका बारेमा प्रस्ट पारेका थिए । गठबन्धन गर्नुको कारण ओली प्रवृत्तिको अन्त्य गर्नु भएको उनले बताए ।

‘मलाई विश्वास छ यो जिल्लाको १ नम्बर क्षेत्रमा उद्योगी विनोद चौधरी एवं २ नम्बर क्षेत्रमा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल छ । जिल्लामा पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटी अझैँ जिम्मेवार बनेर लाग्नेमा म विश्वस्त छु,’ उनले भने ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : १९ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल