१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी पहिलो



पोखरा । विभागिय टीम त्रिभुवन आर्मी क्लवले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । १ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधी कब्जा गरेको हो ।

३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिश्पर्धा भएको थियो । आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक जितेको हो । सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो ।

६५ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक जितेको शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो भएको छ । ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लव तेश्रो भएको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेश चौंथो भयो । प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित १ सय २० पदक जितेको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक हात पारेर पाँचौं स्थानमा रह्यो ।

प्रदेश १ ले १० स्वर्ण सहित ८३, सुदुरपश्चिमले १० स्वर्ण सहित ६३, एनआरएनएले पनि १० स्वर्ण सहित २६ पदक पाएको छ । लुम्विनी प्रदेशले ६ स्वर्ण सहित ६८, मधेश प्रदेशले ५ स्वर्ण सहित ३९ र कर्णाली प्रदेशले २ स्वर्ण सहित १८ पदक पाएको छ ।

सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २-२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक/एक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन् । खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालन गरिएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : ३८ बजे

बजेटबारे पूर्व अर्थमन्त्री एवं दलका नेताको मिश्रित प्रतिक्रिया

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं विभिन्न राजनीतिक नेताहरूले आज प्रस्तुत बजेटप्रति

जिज्ञासुको ‘अग्निस्पन्दन’ विमोचन र ‘विवश आमा’ गीत सार्वजनिक

नेपालगन्ज । बाँकेमा रहेर साहित्य साधना गरिरहेकी साहित्यकार कल्पना पौडेल

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर

खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल