१ असार २०८३, सोमबार | June 15, 2026

चितुवाको आक्रमणबाट तनहुँमा एक बालिकाको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार  

208
Shares

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ वर्षीय बिना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६स्३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।

‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ । बाटोमा सालघारी पर्छ । सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ,’ उनले भने । बालिका सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् ।

पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

चितुवाको आक्रमणबाट बन्दीपुर-१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका-४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका-१ बाघदलेका ३५ वर्षीया भिमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्ष भन्दा कम उमेरका बालबालिका छन् ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : ४७ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

गर्मीबढेसँगै सर्पदंशका बिरामी बढे

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा

राष्ट्रियसभा : चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव

काठमाडौं । राष्ट्रियसभामा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ