२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रधानमन्त्री खुशी पार्न धमाधम बाटो मर्मत



बुटवल । सत्ता गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहितका गठबन्धनका नेताहरु बुटवल आउने निश्चित भएपछि कार्यक्रमस्थल आसपासका सडक धमाधम मर्मत हुन थालेका छन् ।

योगीकुटीस्थित होटल पौवामा कार्यकर्ता भेला हुने तय भएसँगै आज बिहानैबाट कार्यक्रम स्थल आसपासका क्षेत्रमा सडक मरमत थालिएको हो ।

प्रधानमन्त्री वा शक्ति केन्द्रहरुलाई खुसी पार्नमात्र कार्य सम्पादनमा तदारकता देखाउने राजतन्त्रात्मक शैलीलाई पछ्याउँदै सरकारी साधन स्रोतलाई प्रयोग गर्दै सडक मरमत थालिएको छ । ुबाटो मर्मत हुन प्रधानमन्त्री नै आउनु पर्नेरहेछ ।ु योगीकुटीका एक स्थानीय व्यवसायीले भने ।

योगीकुटी आसपासका सर्विस लेनमा परेको खाल्डाखुल्डी पुर्ने काममा तिलोत्तमा नगरपालिका र सडकका कर्मचारीहरु बिहानैदेखि खटिएका छन् । प्रधानमन्त्री र नेताहरु नआउँदा पनि सरकारी कर्मचारीहरुले काम गरिदिनुपर्ने अर्का स्थानीयबासीको माग छ ।

गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्न आज प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजमोका कार्यबाहक अध्यक्ष र लोसपाका नेताहरु बुटवल आउँदैछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १० : १३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा