१ असार २०८३, सोमबार | June 15, 2026

सरकारी कार्यालयलाई निःशुल्क जग्गा प्रदान गर्ने १८ दातालाई गाउँपालिकाको सम्मान



खोटाङ । खोटाङको साकेला गाउँपालिकाले प्रशासकीय भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा प्रदान गर्ने १८ दातालाई सम्मान गरेको छ ।

प्रशासकीय भवन निर्माणका लागि १० रोपनी जग्गा निःशुल्क उपलव्ध गराउने साकेला गाउँपालिका-४ का काजीबहादुर खत्री, छ रोपनी जग्गा प्रदान गर्ने बलराम राई, पाँच रोपनी जग्गा प्रदान गर्ने भिमबहादुर सुवेदी, तीन रोपनी जग्गा प्रदान गर्ने राजकुमार सुवेदी र एक रोपनी जग्गा प्रदान गर्ने विष्णुकुमारी कटवाललाई सम्मान गरिएको हो ।

वडादशैँ, शुभ दिपावली, छठ, क्रिष्मस र साकेला उद्यौलीको अवसरमा शुक्रबार शुभकामना आदन-प्रदान तथा जग्गादाता सम्मान कार्यक्रमको आयोजना गरी गाउँपालिकाले जग्गादातालाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेको हो ।

यस्तै, साकेला गाउँपालिका-२ रतन्छास्थित स्वास्थ्यचौकी रतन्छालाई सात रोपनी जग्गा निःशुल्क प्रदान गर्ने मानबहादुर राई, वडा कार्यालय रतन्छाको नाममा दुई रोपनी पाँच आना जग्गा निःशुल्क प्रदान गर्ने रुपेश राईलाई पनि सम्मान गरिएको छ ।

साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने पदमबहादुर कामीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । साकेला आधारभूत अस्पताल निर्माणका लागि चार रोपनी आठ आना जग्गा निःशुल्क प्रदान गर्ने तुलराम राई, तीन रोपनी छ आना जग्गा प्रदान गर्ने रामकुमार राई र एक रोपनी दुई आना जग्गा उपलव्ध गराउने सञ्जय राईलाई सम्मान गरिएको छ ।

साकेला गाउँपालिका-४ मात्तिम वडा कार्यालयको नाममा तीन रोपनी जग्गा गर्ने देउकुमार श्रेष्ठलाई, एक/एक रोपनी जग्गा दान गर्ने प्रेमकुमार श्रेष्ठ, पदमबहादुर श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ ।

आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि तीन रोपनी आठ आना र साकेला गाउँपालिका-४ मात्तिमस्थित धनबरे खेलमैदान निर्माणका लागि चार रोपनी जग्गा निःशुल्क प्रदान गर्ने विष्णुमायाँ श्रेष्ठ सम्मानित भएका छन् ।

त्यस्तै, साकेला गाउँपालिका-४ मात्तिमस्थित आधारभूत स्वास्थ्य इकाईको भवन निर्माणका लागि एक रोपनी जग्गा निःशुल्क प्रदान गर्ने हिरामायाँ श्रेष्ठ र आठ आना जग्गा उपलव्ध गराउने पूर्णकुमारी श्रेष्ठलाई दोसल्ला र प्रमाण-पत्र सहित सम्मान गरिएको छ ।

जग्गादाताहरुलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राई, गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का, उपाध्यक्ष बिर्सिका राई र पूर्व उपाध्यक्ष सरीता खड्काले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

शैक्षिक पाश्र्वचित्र बिमोचन

कार्यक्रममा साकेला गाउँपालिका शिक्षा शाखाले प्रकाशन गरेको शैक्षिक पाश्र्वचित्र बिमोचन गरिएको छ । पालिकाका २८ वटा मावि र आधारभूत विद्यालयको आर्थिक, शैक्षिक, भौतिक लगायतका विषय समेटिएको पाश्र्वचित्र विमोचन गरिएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ५५ बजे

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती