२४ मंसिर २०८२, बुधबार | December 10, 2025

सत्ता गठबन्धनले हारे देश संकटमा पर्छ : देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् ।

आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । सत्तागठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दावी छ ।

उनले सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धलाई जितको सफलता मिल्ने अपेक्षा राखेकोसमेत बताए । ओलीले संसद् विघटन गरेर संविधानलाई समाप्त पार्न खोज्दा सुदूरपश्चिमबाटै सबैभन्दा बढी विरोध भएको र संविधान स्मरण गर्दै ४ मंसिरपछि सुदूरपश्चिमवासीले ओलीलाई पाखा लगाउने बताए ।

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् । देश अहिले गम्भीर मोडमा पुगेको भन्दै उनले चुनावपछि देश कता जाने भन्ने थाहा हुने बताए । ‘यदि सत्तारुढ गठबन्धनले जितेमा देश सुरक्षित बन्ने छ र लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा हुने छ, तर ओलीको नेतृत्वले जिते सबै उपलब्धि गुम्ने छन्, देशलाई कता लैजाने भन्ने बारेमा मतदाताले सोच्नु पर्दछ,’ उनले भने ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ०० बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन