१० भदौ २०८३, बुधबार | August 26, 2026

सत्ता गठबन्धनले हारे देश संकटमा पर्छ : देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् ।

आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । सत्तागठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दावी छ ।

उनले सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धलाई जितको सफलता मिल्ने अपेक्षा राखेकोसमेत बताए । ओलीले संसद् विघटन गरेर संविधानलाई समाप्त पार्न खोज्दा सुदूरपश्चिमबाटै सबैभन्दा बढी विरोध भएको र संविधान स्मरण गर्दै ४ मंसिरपछि सुदूरपश्चिमवासीले ओलीलाई पाखा लगाउने बताए ।

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् । देश अहिले गम्भीर मोडमा पुगेको भन्दै उनले चुनावपछि देश कता जाने भन्ने थाहा हुने बताए । ‘यदि सत्तारुढ गठबन्धनले जितेमा देश सुरक्षित बन्ने छ र लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा हुने छ, तर ओलीको नेतृत्वले जिते सबै उपलब्धि गुम्ने छन्, देशलाई कता लैजाने भन्ने बारेमा मतदाताले सोच्नु पर्दछ,’ उनले भने ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ०० बजे

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न