१७ बैशाख २०८१, सोमबार | April 29, 2024

डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको सहज जित



काठमाडौं । औसमाने डेम्बेलेले एक गोल गर्नुका साथै बाँकी तीन गोलमा अवसरमा सिर्जना गरिदिएपछि बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा एथलेटिक विल्बाउलाई ४-० ले हराएको छ ।

घरेलु मैदान क्याम्प नोउमा डेम्बेलेले रोबर्ट लेवानडोवस्कीको पासमा गरेको गोलबाट बार्सिलोनाले १२ औँ मिनेटमा अग्रता लिएका थियो । १८औँ मिनेटमा डेम्बेलेको पासमा सर्जियो रोबर्टोले बार्सिलोनाको अग्रता दोब्बर बनाए । २२ औं मिनेटमा लेवानडोवस्कीले तेस्रो गोल थपे । जारी सिजन लिगमा लेवानडोवस्कीको यो १२ औँ गोल हो । ला लिगामा धेरै गोल गर्ने खेलाडीको सूचीमा लेवानडोवस्की शीर्ष स्थानमा छन् । सात गोल गरेका जोसेलु र बोर्जा इग्लेसिस क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

खेल सकिन सात मिनेट बाँकी हुँदा फेरान टोरेसले अर्को गोल थपेपछि बार्सिलोनाले सहज निकालेको हो । लोवानडोवस्की र टोरेस दुबैको गोलमा पनि डेम्बेलेले अवसर सिर्जना गरिदिएका थिए ।

एथलेटिक विल्बाओका प्रशिक्षक इर्नेस्टो भाल्भार्डे २०२० जनवरीमा बार्सिलोनाबाट बर्खास्त भएपछि पहिलोपटक क्याम्प नोउ फर्किएका थिए । तर, उनको भ्रमण सुखद हुन सकेन । सिजनमा उत्कृष्ट सुरुआत गरे पनि एथलेटिक विल्बाओ लगातार चार साता जितबिहीन बनेको छ । जसका कारण ११ खेलबाट १८ अंक जोडेको एथलेटिक विल्बाओ छैटौँ स्थानमा छ । जुन चौथो स्थानको रियाल सोसिडाडभन्दा ४ अंकले पछाडि हो । शीर्ष स्थानको रियाल मड्रिडभन्दा १३ अंकले पछाडि हो । समान खेलबाट २८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । बार्सिलोना रियाल भन्दा तीन अंकले पछाडि छ ।

गत साता बार्सिलोना रियालसँग ३-१ ले पराजित भएको थियो भने बिहीबार राति भिल्लारियालमाथि ३-० को विजय हासिल गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ४९ बजे

१७ वर्षिय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षिक बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले