२२ बैशाख २०८१, शनिबार | May 4, 2024

प्रदेश राजधानी दाङमा ब्राउनसुगर कारोबारमा सरकारी कर्मचारी र सरकारी साधन



नेपालगन्ज । बाँकेको सिमावर्ती क्षेत्रमा सरकारी कर्मचारी नै लागु औषध ओसारपसारमा संलग्न भएको पाइएको छ । नेपालगन्जबाट दाङ जाँदै गरेको अवस्थामा डिभिजन वन कार्यालय, घोराही दाङका रेन्जर किरण तिवारी ठूलो मात्रामा लागु औषधी ब्राउनसुगरसहित पक्राउ परेसँगै लागु औषध ओसारपसारमा सरकारी कर्मचारी र सरकारी सवारी प्रयोग हुने गरेको पुष्टी भएको हो ।

तुलसीपुर उपमहानगरपालिका १८, हेमन्तपुरका २८ वर्षीय रेन्जर तिवारीले सरकारी नम्बर प्लेटको मोटरसाइकलमा १४ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर दाङ लैजाँदै गरेको अवस्थामा कोहलपुर प्रहरीले बाटैमा पक्राउ गरेको छ । तिवारीलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

रा १ ब ८९९ नम्बरको मोटरसाइकलमा सवार रेन्जर तिवारीले मोटरसाइकलको सक र हेडको बीचमा हरियो रंगको प्लाष्टिकमा पोका पारेर ब्राउनसुगर लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन मल्लेले जानकारी दिए । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी निरीक्षक नवचन्द्र मल्लको कमाण्डमा खटिएको टोलीले तिवारीलाई पक्राउ गरेको डीएसपी मल्लले बताए । तिवारी पछाडी बसेको सो मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं. १५, रतनपुर निवासी २७ वर्षीय भरत चौधरीले चलाएका थिए ।

प्रहरीका अनुसार तिवारीले बर्दियाको सीमावर्ती भारतीय बजारबाट ५५ हजार रुपैयामा ब्राउनसुगर किनेर ल्याएका थिए ।

कोहलपुर प्रहरीले कात्तिक ४ गते कोहलपुर नगरपालिका २, विकासनगरका २४ वर्षीय विजय भन्ने वीरबहादुर विकलाई ७ सय १० मिलिग्राम र सोही दिन बैजनाथ गाउँपालिका ५, वनकटुवाबाट २६ वर्षीय मनिष थारुलाई ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : १५ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ