१३ असार २०८३, शनिबार | June 27, 2026

महोत्तरीमा गठबन्धनविरुद्ध बागी बनेका ढुंगानाको उम्मेदवारी निष्क्रिय



महोत्तरी । महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन । पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ ।

‘ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटव्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो क्षेत्रमा गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार छन् । तर, कांग्रेसबाट विद्रोह गरेर पोषण थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

‘नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको विकासमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने विषयलाई मध्यनजर गर्दै उम्मेदवारी निष्क्रिय बनाएको हो,’ खड्काले भने ।

महोत्तरी १ (क) मा गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गठबन्धनका एकीकृत समाजवादीबा सुरेश राउत र लोसपाबाट पिताम्बर महतो चुनावी प्रतिस्पर्धामा छन् ।

दुवै उम्मेदवारले आफूहरू गठबन्धनको साझा उम्मेदवार दाब्री गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन । लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै आफूले उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ ।

निर्णयानुसार महोत्तरी १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि एकीकृत समाजवादीका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

गठबन्धनको साझा उम्मेदवार टुंग्याउन कार्यदल गठन भएको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिपबहादुर योन्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको हो । प्रत्येक दलवाट तीन तीनजना सदस्य रहने गरी कार्यदल गठन भएको संयोजक योन्जनले जानकारी दिए । कार्यदलले निर्वाचनसम्बन्धी कार्ययोजना समेत बनाउनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ०१ बजे

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

ओलीले मानव अधिकार आयोगसँग जेन-जी आन्दोलनको प्रतिवेदन मागे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले