२४ बैशाख २०८१, सोमबार | May 6, 2024

लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन् ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन रहरले नभएर लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताएका हुन् ।

सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धी रक्षाका लागि गठबन्धन गर्नुपरेको बताएका थिए ।

उनीहरुपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको दाबी गरे ।

संविधानलाई स्थायी शान्तिको रुपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  २ : ५२ बजे

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।