६ पुस २०८२, आइतबार | December 21, 2025

बंगलादेशमा आँधीका कारण ७ जनाको मृत्यु



ढाका । बंगलादेशमा आँधीका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । चक्रवात सित्राङका कारण इँटाको रेलिङ र रूखहरू भत्किँदा एकै परिवारका तीन सदस्यसहित कम्तीमा सात जनाको ज्यान गएको हो ।

हताहतपछि दमकल तथा सिभिल डिफेन्सको अनुगमन कक्षलाई सक्रिय बनाइएको थियो । राजधानी ढाका, कुमिल्ला दौलतखानको नागलकोट र भोलाको चारफेसन र नराइलको लोहागरामा आँधीबेहरीले भारी वर्षा र विनाशकारी हुरी ल्याएको छ । कक्स बजार तटबाट हजारौँ मानिस र पशुधनलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

कम्तिमा २८ हजार १५५ मानिस र २ हजार ७३६ गाईवस्तुलाई सोमबार साँझ ६ बजेसम्म कक्सबजार तटबाट सुरक्षित क्षेत्रमा लगिएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ३१ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम