५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रुपन्देही सामुहिक हत्याकाण्डको नेकपा महासचिव पौडेल र नेपाली कांग्रेस नेता खांणबाट भर्त्सना



बुटवल । मंगलबार बिहान रुपन्देहीको तिलोत्तमा १० कान्छी बजारमा भएको सामुहिक हत्याका बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र नेपाली कांग्रेस संसदीयदलका प्रमुख सचेतक बालकृष्ण खांडले छुट्टाछुट्टै बिज्ञप्ति प्रकाशित गरेर घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेकाछन् । उनीहरुले दोषी माथि कारवाही र पिडीतलाई क्षतिपुर्तिको माग गरेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपाका महासचिव  विष्णु पौडेलले मँगलबार एक विज्ञप्ति जारी गर्दै रुपन्देहीको तिलोत्तमामा गएराती भएको सामुहित हत्याको सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ । महासचिव पौडेलले घटना बारे सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै विज्ञप्तिमा मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको छ ।

पौडेलले समाजमा डरलाग्दो ढंगले देखा परिरहेका यस किसिमका आपराधिक मनोवृती फैलिन नदिन तथा नागरिकलाई सुरक्षाको प्रत्याभुती गर्न् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

रुपन्देही तिलोत्तमा स्थित स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत पाँच जनमा कामदारको विभत्स हत्या भएको घटना प्रति नेपाली काँग्रेसका संघीय सांसद बालकृष्ण खाँणले पनि दुःख ब्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक समेत रहनुभएका सांसद खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भईरहेको अवस्थामा यस प्रकारका अपराधिक घटनाले आमनागरिकमा थप आतंक सृजना भएको उल्लेख गर्नुभएको छ ।
देशमा एक पछि अर्को सामूहिक हत्याहरु श्रृंखलाबद्ध रुपमा भईरहंदा आम नागरिकहरुले असुरक्षित महशुस गरिरहेका छन् भन्दै सांसद खाँणले वर्तमान सरकारले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको उल्लेख गर्नुभएको छ ।सांसद खाँणले विज्ञप्ति मार्फत आम नागरिकको सुरक्षाका साथै रुपन्देहीको कान्छिबजारमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीका लागि सम्वन्धित निकायसंग माग गर्नुभएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ३ : २९ बजे

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको