८ कार्तिक २०८३, आइतबार | October 25, 2026

रुपन्देही सामुहिक हत्याकाण्डको नेकपा महासचिव पौडेल र नेपाली कांग्रेस नेता खांणबाट भर्त्सना



बुटवल । मंगलबार बिहान रुपन्देहीको तिलोत्तमा १० कान्छी बजारमा भएको सामुहिक हत्याका बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र नेपाली कांग्रेस संसदीयदलका प्रमुख सचेतक बालकृष्ण खांडले छुट्टाछुट्टै बिज्ञप्ति प्रकाशित गरेर घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेकाछन् । उनीहरुले दोषी माथि कारवाही र पिडीतलाई क्षतिपुर्तिको माग गरेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपाका महासचिव  विष्णु पौडेलले मँगलबार एक विज्ञप्ति जारी गर्दै रुपन्देहीको तिलोत्तमामा गएराती भएको सामुहित हत्याको सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ । महासचिव पौडेलले घटना बारे सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै विज्ञप्तिमा मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको छ ।

पौडेलले समाजमा डरलाग्दो ढंगले देखा परिरहेका यस किसिमका आपराधिक मनोवृती फैलिन नदिन तथा नागरिकलाई सुरक्षाको प्रत्याभुती गर्न् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

रुपन्देही तिलोत्तमा स्थित स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत पाँच जनमा कामदारको विभत्स हत्या भएको घटना प्रति नेपाली काँग्रेसका संघीय सांसद बालकृष्ण खाँणले पनि दुःख ब्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक समेत रहनुभएका सांसद खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भईरहेको अवस्थामा यस प्रकारका अपराधिक घटनाले आमनागरिकमा थप आतंक सृजना भएको उल्लेख गर्नुभएको छ ।
देशमा एक पछि अर्को सामूहिक हत्याहरु श्रृंखलाबद्ध रुपमा भईरहंदा आम नागरिकहरुले असुरक्षित महशुस गरिरहेका छन् भन्दै सांसद खाँणले वर्तमान सरकारले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको उल्लेख गर्नुभएको छ ।सांसद खाँणले विज्ञप्ति मार्फत आम नागरिकको सुरक्षाका साथै रुपन्देहीको कान्छिबजारमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीका लागि सम्वन्धित निकायसंग माग गर्नुभएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ३ : २९ बजे

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै