३० पुस २०८२, बुधबार | January 15, 2026

तनहुँका दुई वडालाई जोड्यो झोलुङ्गे पुलले



तनहँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० र ५ को बीचमा मादी नदी बग्छ । एउटै नगरपालिकाभित्र पर्ने दुई वडाको सिमा जोडिए पनि स्थानीयवासीको भेटघाट भने सहज थिएन । कारण थियो, बीचमा बग्ने मादी नदीमा पुलको अभाव ।

तर अहिले यी दुबै वडाको जोड्ने गरी परेवाडाँडा र चिन्तुटारमा झोलुङ्गे पुल निर्माण भएपछि भने आवतजावत सहज भएको छ । पुल नहुँदा एक घण्टाको पैदल पूरा गर्नुपर्ने बाध्यता झोलुङ्गे पुल निर्माणसँगै हटेको छ ।

‘पुल बनेपछि मेलापात, बिवाहवारी र आफन्त भेटघाटलगायतका काममा सहज भएको छ” वडा नम्बर १० का पूर्व वडाध्यक्ष तुलसीराम सापकोटाले भने ।

दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण एको हो । रु दुई करोड ६४ लाखको लागतमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इञ्चार्ज इन्जिनियर शेखर रायमाझीले जानकारी दिए ।

झोलुङ्गे पुल निर्माणपछि दुई वडाका करिब १० हजार बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय होटल व्यवसायी बिबेक सापकोटाको भनाइ छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ११ : ५७ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक