१२ बैशाख २०८३, शनिबार | April 25, 2026

नेपाल बैंकको ब्याज आम्दानी बढ्यो, तर खुद नाफा घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजार रुपैयाँमा सीमित बनेको छ ।

गत वर्षको यसैअवधिमा भने ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्च पनि बढेको छ । जसका कारण सञ्चालन नाफा १६.४३ प्रतिशतले घटेर ७९ करोड ४० लाख २९ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफामा गिरावट आएको हो । वितरणयोग्य नाफा भने घटेको छ । वितरणयोग्य नाफा ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद नाफामा गिरावट आएका कारण बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसा (वार्षिक) मा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ५४ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक