२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

नवलपरासी बस दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत, ३० जना घाइते



काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाको मथारमा भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।

पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ४ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार-२ मथारमा दुर्घटनामा परेको थियो ।

कालिगण्डकी करिडोर सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका-१ की ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका-९ बेलचौरकी ४५ वर्षीय जुलमाया माझी रहेका छन् ।

३५ यात्रुमध्ये बसमा बाँकी रहेका ३० जना नै घाइते भएका छन् । घाइतेको उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

३५ जना यात्रु लिएर गएको बस अनियन्त्रित भै सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

रामपुर-काटमाडौं चल्ने उक्त बस मथारमा आइपुग्दा अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ५७ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु