२० मंसिर २०८२, शनिबार | December 6, 2025

दार्चुला घटनाबारे नेपालले पठायो भारतलाई कुटनीतिक नोट

सीमा क्षेत्रमा काम गर्दा नेपाललाई अग्रिम जानकारी दिन आग्रह



काठमाडौं । महाकाली नदी पारी भारतीय निर्माण कम्पनीले सडक चौडा पार्ने क्रममा गराएको बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर महाकाली वारी दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनामा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

तावाघाटलिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दुई दिनअघि दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तराष्ट्रिय सीमा नजिकै कुनै पनि निर्माण कार्य गर्दा अर्को देशलाई जानकारी गराउनुपर्ने अन्तराष्ट्रिय कानून विपरित भारतले नेपाललाई कुनै जानकारी नै नदिइ महाकाली पारी सडक निर्माण गरिरहेको छ । सोही निर्माणको क्रममा शुक्रबा बिहान ढुंगा लाग्दा नेपाली सीमा क्षेत्रभित्र रहेका बालकको मृत्यु भएको थियो ।
परराष्ट्र मन्त्रालयले आइतबार घटनाबारे विरोध जनाउँदै भारतलाई कुटनीतिक नोट पठाएको हो । घटनाबारे गृहमन्त्रालयले शनिबार नै कुटनीतिक नोट पठाउन परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो ।

कुटनीतिक नोटमा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन आग्रह गरिएको छ । यसैगरी यसका साथै अन्तर्राष्ट्रिय सीमानामा निर्माणकार्य गर्दा नेपाली पक्षलाई नेपाली पक्ष र स्थानीय प्रशासन र स्थानीय बासिन्दालाई समेत अग्रिम जानकारी दिन आग्रह गरिएको छ ।

यसअघि शनिबार भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा आफ्नो गल्ती स्वीकार गरेको थियो । सो कम्पनीले मृतकको परिवारलाई १० लाख नेपाली रुपैयाँ राहत उपलब्ध गराउने जनाएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ०६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल