२० मंसिर २०८२, शनिबार | December 6, 2025

लोकतन्त्रको स्थायित्वको लागि गठबन्धन : प्रधानमन्त्री देउवा



लण्डन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन् ।

देउवाले नेपाली कांग्रेस अन्तर्गतको चुनाव प्रचार(प्रसार समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

देउवाले लोकतन्त्रको स्थायित्वको लागि आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा सक्रिय रहेर गठबन्धनलाई जिताउन आह्वान गरे । देउवाले आर्थिक समृद्धि र विकासलाई अघि बढाउने जिम्मेवारी नेपाली कांग्रेसमा आएको बताए ।

कार्यक्रममा पार्टी प्रवक्ता डा। प्रकाशसरण महतले गैरआवासीय नेपालीहरूको हितमा नेपाली कांग्रेसले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैरआवासीय नेपाली नागरिकताको माग आगामी संसदीय निर्वाचनपछि सम्बोधन हुने बताए ।

उनले नेपालमा लगानी भित्र्याउन आवश्यक ऐन कानुनमा संशोधन गर्न नेपाली कांग्रेसले सहजीकरण गर्ने बताए । डा. महतले कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने नीति लिएको दाबी गरे । निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा देशअघि बढ्ने डा. महतको भनाइ थियो ।

कार्यक्रमको संयोजन नेपाली कांग्रेसका केन्द्रीय नेता किरण पौडेलले गरेका थिए । कार्यक्रममा विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा. हेमराज शर्मा, पार्टीका केन्द्रीय सदस्यलगायतको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले