३ पुस २०८२, बिहिबार | December 18, 2025

माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र ल्याउँदै



काठमाडौं । संसदीय निर्वाचन नजिकिदै जाँदा दलहरुले चुनावी प्रचारप्रचार तीव्र बनाएका छन् । आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।

माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन् ।

माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले घोषणापत्रमा शासकीय स्वरूप परिवर्तनको विषय मुख्य रूपमा उठान गरिएको बताए ।

एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ मूल नारा तय गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रको प्राथमिकतामा छन् ।

नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो भने एमाले मंगलबार सार्वजनिक गर्ने भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : ५४ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको