५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

घलेगाउँमा ओइरिए आन्तरिक पर्यटक



लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका(३ स्मार्ट भिलेज एवं सुखी गाउँ घलेगाउँमा पर्यटकको ओइरो लागेको छ । नेपालीको महान चाड तिहार सकिएलगत्तै आन्तरिक पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् ।

तिहार मनाएर पनि पर्यटक थप रमाइलो गर्न घलेगाउँमा पुगेका छन् । स्मार्ट भिलेज घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार तिहारको बिदा सकिएलगत्तै पनि विदा भएकाले बिदा मनाउन पर्यटक आएका छन् ।

शनिबार दुई सयजना पर्यटक गाउँ पुगेका छन् । तिहार सकिनु, मौसम सफा हुनु र सार्वजनिक बिदाको दिन परेकाले पर्यटक घलेगाउँमा रमाउन पुगेका हुन् । यसअघि दैनिक ५०/६० जनाको हाराहारीमा पर्यटक घलेगाउँ पुग्ने गर्थे ।

अहिले बाटो सहज भएकाले पर्यटक घुम्न घलेगाउँ जानेका गरेका छन् । समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदाको समय कटाउन विद्यार्थी, कर्मचारी मात्र नभएर परिवार नै लिएर पनि जाने गरेका छन् । गाउँ आएर मनोरम दृश्यसँग रमाउने, फोटो खिच्ने, परिवारसँग रमाउने, स्थानीय कला, संस्कृतिमा रमाउने गरेका छन् ।

पर्यटकीय घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ४४ घरमा विस्तार भएको छ । घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेशलगायतका दर्जन हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

घलेगाउँ आउने पाहुँनालाई गुरुङ संस्कृति घाँटु, सोरठी, कृष्णचरित्रलगायतका पौराणिक नृत्य देखाउने गरिन्छ । गाउँमा नमुना चिया बगान, तिजे उत्तरकन्या मन्दिर छ । गाउँबाट हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगशाला, क्व्होइँबो धीं पार्क हेर्न सकिन्छ । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ ।

गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, बनमा पाइने निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दूरीमा पर्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : ०५ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन