२९ भदौ २०८३, सोमबार | September 15, 2026

घलेगाउँमा ओइरिए आन्तरिक पर्यटक



लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका(३ स्मार्ट भिलेज एवं सुखी गाउँ घलेगाउँमा पर्यटकको ओइरो लागेको छ । नेपालीको महान चाड तिहार सकिएलगत्तै आन्तरिक पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् ।

तिहार मनाएर पनि पर्यटक थप रमाइलो गर्न घलेगाउँमा पुगेका छन् । स्मार्ट भिलेज घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार तिहारको बिदा सकिएलगत्तै पनि विदा भएकाले बिदा मनाउन पर्यटक आएका छन् ।

शनिबार दुई सयजना पर्यटक गाउँ पुगेका छन् । तिहार सकिनु, मौसम सफा हुनु र सार्वजनिक बिदाको दिन परेकाले पर्यटक घलेगाउँमा रमाउन पुगेका हुन् । यसअघि दैनिक ५०/६० जनाको हाराहारीमा पर्यटक घलेगाउँ पुग्ने गर्थे ।

अहिले बाटो सहज भएकाले पर्यटक घुम्न घलेगाउँ जानेका गरेका छन् । समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदाको समय कटाउन विद्यार्थी, कर्मचारी मात्र नभएर परिवार नै लिएर पनि जाने गरेका छन् । गाउँ आएर मनोरम दृश्यसँग रमाउने, फोटो खिच्ने, परिवारसँग रमाउने, स्थानीय कला, संस्कृतिमा रमाउने गरेका छन् ।

पर्यटकीय घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ४४ घरमा विस्तार भएको छ । घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेशलगायतका दर्जन हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

घलेगाउँ आउने पाहुँनालाई गुरुङ संस्कृति घाँटु, सोरठी, कृष्णचरित्रलगायतका पौराणिक नृत्य देखाउने गरिन्छ । गाउँमा नमुना चिया बगान, तिजे उत्तरकन्या मन्दिर छ । गाउँबाट हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगशाला, क्व्होइँबो धीं पार्क हेर्न सकिन्छ । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ ।

गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, बनमा पाइने निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दूरीमा पर्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ११ : ०५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ