१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

एकीकृत समाजवादीको घोषणापत्र : विदेशबाट फर्केका युवालाई १० लाखसम्म निर्ब्याजी ऋण (पूर्णपाठ)



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो ।

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गरेको एकीकृत समाजवादीले विदेशबाट फर्किएरका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको घोषणापत्रमा विदेशबाट फर्किएका युवालाई कृषि पेशामा आकर्षित गर्न उद्देश्यले १० लाखसम्म निर्ब्याजी ऋण दिने उल्लेख गरिएको छ । यसका लागि अभियान नै थाल्ने घोषणा गरिएको छ ।

घोषणापत्रमा वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । ‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पेसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुने पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’

त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई एकीकृत समाजवादीले घोषणापत्रको प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ३५ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति