१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

मुक्तिनाथ मन्दिरमा दान दिन चाहनेका लागि राखियो डिजिटल दानपत्र



काठमाडौं । मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र राखिएको छ। अहिलेसम्म मन्दिर परिसरमा चन्दाका लागि चन्दा बाकस राखिँदै आएको छ । मन्दिर पुगेका इच्छुक भक्तालुहरूले डिजिटल प्रविधिमार्फत दान दिने गर्छन् । आफूलाई इच्छाएअनुसार डिजिटल प्रविधिबाट त्यहाँं दान दिन सक्ने व्यवस्था गरिएको छ ।

काठमाडौंबाट दर्शनका लागि मन्दिर पुगेका इन्जिनियर कृष्णभक्त दुवालले डिजिटल दानपत्रमार्फत पहिलो पटक दान गर्न पाउँंदा रमाइलो अनुभव भएको सुनाए । ‘फष्ट टाइम डिजिटल दानपत्रबाट दान गर्न पाउँंदा अनौठो र खुशी महसुस भयो,’ उनले भने । आधुनिकतासँंगै आधुनिक प्रविधिको प्रयोग हुन थालेकोमा उनले हर्ष प्रकट गरे ।

नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिर प्राकृतिक हिसाबले एकदमै सुन्दर र मनमोहक छ । समुद्री सतहबाट ३७१० मिटरको उचाइमा रहेको यो मन्दिर धार्मिक एवं ऐतिहसिक हिसाबले पनि उति नै विशेष ठाउँ हो ।

हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये एक मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूका लागि २४ तान्त्रिक ठाउँहरूमध्येको एक झ्युमिग–ग्यात्शा दुवै एकै ठाउँमा भएको हिन्दू तथा बौद्ध समुदायमा प्रख्यात तीर्थस्थल हो मुक्तिनाथ । हिमालपारिको जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरता र मुक्तिनाथको धार्मिक महत्वले गर्दा त्यहाँसम्मको यात्राले मन लोभ्याउने गर्दछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ५३ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ