२० भदौ २०८३, शनिबार | September 5, 2026

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई गरी कुल चार खेल खेल्नेछ ।

विश्वकप लिग-२ को शीर्ष चारभित्र रहँदै आगामी चरणको सम्भावना बलियो बनाउन नेपालका लागि यो शृङ्खला निकै महत्वपूर्ण मानिएको छ । नेपालले जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग खेल्दै आफ्नो अभियान टुंग्याउनेछ ।

शृङ्खलाअघि नेपाली टोलीले बेलायतमा विशेष प्रशिक्षण गरेको थियो । त्यसक्रममा जर्सीविरुद्धका दुवै अभ्यास खेल जितेकाले टोली उच्च मनोबलका साथ मैदान उत्रने अपेक्षा गरिएको छ ।

हालसम्म लिग-२ मा नेपालले २८ खेलबाट २४ अंक जोड्दै अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ । नामिबिया २२ अंकसहित सातौँ, नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो, ओमान ३१ अंकसहित चौथो, स्कटल्यान्ड ३८ अंकसहित दोस्रो तथा अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा छन् । २४ अंकसहित क्यानडा छैटौँ तथा १४ अंकसहित यूएई पुछारमा रहेको छ ।

नेपालले शीर्ष चारमा स्थान बनाउन बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब रहेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

रिजर्भ खेलाडीका रूपमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई राखिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : २७ बजे

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ