१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जबरजस्ती करणी आरोपमा सल्यानबाट २० वर्षीय युवक पक्राउ



सल्यान । सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ को अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका-१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाएर भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

पक्राउ परेका बुढालाई प्रहरीले सल्यान जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ३६ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ