६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सई निलम्बनमा



काठमाडौं । सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन् ।

आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर(२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो ।

सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याएर कार्यालय फर्कने क्रममा जिम्मेवारी सही ढंगले पूरा नगरेको आरोपछ । ४ कात्तिकमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए ।

२० असोजमा भारतीय भूमिमा मृत फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको भन्दै मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ०० बजे

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ