२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

लकडाउन मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै, कस्तो आउला निर्णय ?



काठमाडौं । लकडाउनको मोडालिटीबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ ।

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा अहिलेसम्म भएका छलफलको समीक्षा गर्दै निर्णय लिइने बताइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड -९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडालिटीबारे निरन्तर छलफल गरे पनि ठयाक्कै निस्कर्ष निकाल्न सकेको छैन । उद्योगी, व्यवसायी एवं सबैपक्षबाट आर्थिक गतिविधिलाई चलायमान गराउने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई निरन्तर दबाब बढेको छ ।

जेठ मसान्तसम्म रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै आम जनताको दैनिक जीवनयापन समेत सहज बनाउने गरी मोडालिटी परिवर्तनका धेरै कोणमा छलफल भएपनि अहिलेसम्म निस्कर्ष ननिस्किएको उच्चस्तरीय समितिका सदस्य एक मन्त्रीले बताएका छन् ।

गत चैत्र ११ गतेदेखि लकडाउन निरन्तर जारी रहेको छ । एकातिर कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ, स्वास्थ्य सुरक्षा गम्भीर चुनौती बनिरहेको छ,  अर्कोतिर जनताको दैनिक जीवन यापन सहज बनाउनुपर्ने, अर्थतन्त्र चलायमान बनाउन व्यापार व्यवासय संचालन गर्नुपर्ने अप्ठेरो सरकार सामु छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी सरकारलाई प्रस्ताव बुझाएको थियो । सीसीएमसीले ५ चरणमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको थियो । जेठ २५ गतेदेखि नै लकडाउनको स्वरुप परिवर्तन हुने भनिए पनि निर्णय गर्न नसक्दा आम जनतामा भने अत्यास बढेको छ ।

रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ५९ बजे

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र

मतगणना १६५ निर्वाचन क्षेत्रमै हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा प्रचण्डको धन्यवाद, जनताको निर्णय सम्मान गर्न आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

बधाई प्रधानमन्त्री सुशीला कार्की

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रामा अर्को