२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देही-२ : सर्वोच्चद्वारा हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको उम्मेदवारी खारेज



काठमाडौं । रुपन्देही-२ बाट हाम्रो नेपाली पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उनको उम्मेदवारी पनि खारेज भएको हो ।

मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त इजलासलले उक्त मुद्दाको रिट खारेज हुने फैसला गरेका थिए ।

सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध डा. भुसालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षी (निर्वाचन आयोग समेत)का नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ३९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन