१४ असार २०८३, आइतबार | June 28, 2026

बदर मत घटाउन वडास्तरमै मतदाता शिक्षा



कञ्चनपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत घटाउन निर्वाचन आयोगले वडास्तरमै मतदाता शिक्षा कार्यक्रम गर्न लागेको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीय तहसँग समन्वय गरेर मतदाता शिक्षाका लागि वडास्तरमै कर्मचारी खटाउने तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । “सबै स्थानीय तहबाट एक वडामा एक जना १० कक्षा उत्तीर्ण वा सोसरहको स्वाथ्यस्वयंसेविका खटाउने तयारीमा छौँ”, उनले भने, “निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापनमा समेत लागेका छौँ ।” उनले निर्वाचनमा खटिने जनशक्तिको व्यवस्थापन र तालिमको व्यवस्थासमेत गरिन लागेको बताए ।

मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उनले बताए । त्यसैगरी जिल्ला सुरक्षा समितिले पनि मतदानस्थलको भौतिक स्थितिको स्थलगत अनुगमन गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाका सबै सुरक्षा निकायका प्रुमखले मतदानस्थलको स्थलगत अनुगमन गरेको बताए ।

“मतगणनास्थल सुरक्षित छ कि छैन मतदानस्थलको भौतिक अवस्थाको अनुगमन गरेका छौं”, उनले भने, “विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचनको सुरक्षा तयारी गरिएको छ त्यसैका लागि सुरक्षा निकायका सबै प्रमुखले स्थलगत अवलोकन गर्नुभएको छ ।” निर्वाचन नजिकिँदै गर्दा दलहरूले प्रचार–प्रसार तीव्र बनाएका छन् भने निर्वाचन आयोग पनि निर्वाचनको तयारीमा जुटेको छ ।रासस

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : २९ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली