३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

धानमा लागेन दाना, किसान चिन्तित


१७ कार्तिक २०७९, बिहिबार  

130
Shares

वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘यूएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए ।

दुईतीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरुबेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो ।

“बिगतमा पनि यही धान लगाउँदै आएको थिएँ यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी असार ३१ गते धान रोपेको हुँ” उनले भने, “यसपटक त के भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।”

डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनी चिन्तामा छन् । “धान ठटाउनै पर्दैन, पराल हरियै छ बोल्ने भए आगो लगाइदिन्थे” उनले भने, “गतवर्षहरुमा यही क्षेत्रफलमा १४-१५ मुरी धान उत्पादन हुन्थ्यो तर यसपटक त मिहिनेत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।” यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए ।

कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि सम्बन्धित खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । “यो ठाउँमा अन्य कृषकहरुले लगाएको उही जातको धान राम्रो फलेको छ तर चारजना कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन” उनले भने, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो ।”

‘यूएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँकालागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दाबी छ । केही दिन अघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा ४/५ दिनको अविरल वर्षा मुख्य कारण भएको उनी बताउँछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : ४२ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६