काठमाडौं । बन्दी जीवन बिताईरहेका रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
उन्मुक्ति पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरिएको छ । राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राज्य धर्मनिरपेक्ष हुनुपर्ने नागरिक उन्मुक्ति पार्टीले घोषणापत्रमा उल्लेख गरेको छ । ‘राज्य धर्मनिरपेक्ष हुनुपर्छ । सबै नेपालीको पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्वद्र्धनमा राज्यको सरोबरी भूमिका हुनुपर्छ,’ घोषण पत्रमा भनिएको छ ।
घोषणा पत्रमा उन्मुक्ति पार्टीका जनप्रतिनिधिले जमिनको खण्डीकरण, सार्वजनिक सम्पत्तिको दोहन, ठेक्कापट्टाबाट लाभ र धार्मिक क्षेत्रमा लगानी नगर्ने उल्लेख छ ।
त्यस्तै घुस नखाने, भ्रष्टाचार नगर्ने र अनुचित कार्य नगर्ने प्रतिवद्धता समेत जनाएको छ।



















प्रतिक्रिया