बुटवल । स्वतन्त्र नागरिक समुह नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ ।
अहिले जारी भएको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न माग सहित समुहले शान्तीपुर्ण आन्दोलनको रुपमा निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समुहका अध्यक्ष विश्वराज गैरेले गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षाता र आवश्यकता नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधीनताका माथीको कलंक भएको भन्दै आसन्न प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने जनाएका हुन ।


















प्रतिक्रिया