१ माघ २०८२, बिहिबार | January 15, 2026

घरदैलोमा पुगेकी रेखाको पक्षमा लगाए सुन्दरहरैंचाका महिलाले नारा



मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य तथा मोरङ ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् ।

शनिबार घरदैलोको क्रममा सुन्दरहरैंचा–१२ पुगेकी थापालाई जिताउने प्रतिबद्धता समेत उनीहरूले जनाएका छन् ।

स्थानीय शान्त चौधरीले धेरै पटक अरूलाई हेरेको र अब एक पटक आफ्नै चेलीलाई, छोरीलाई जिताउने बताइन् । उनले भनिन्,– ‘उहाँलाई साथ दिन्छौँ । उहाँ स्थानीय पनि हुनुहुन्छ ।’

मोरङ–३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कांग्रेसका सुनिल शर्मा ९न्यौपाने० बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यस क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा निकै कमजोर रहे पनि थापालाई महिला तथा युवाहरू साथ दिइरहेका छन् ।

यस्तै, बेलबारी, कानेपोखरी र पथरीका सुकुमबासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ३८ बजे

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति

माघे सङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति

‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटेल ग्लोबल परिसरमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा । सिरहाको लहान नगरपालिकाले मातृ-शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी