१४ असार २०८३, आइतबार | June 28, 2026

स्याङ्जामा एकीकृत समाजवादीका भट्टराईद्वारा उम्मेदवारी निष्क्रिय



स्याङ्जा । नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन् । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिएका भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम उम्मेदवारी निष्क्रिय पारेको आज एक विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

गठबन्धनमा रहेका दलमध्ये दुई दलबाट उम्मेदवारी परेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा आजैका मितिदेखि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उनले बताए ।

स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसकातर्फबाट भोजराज अर्यालको उम्मेदवारी परेको छ । यो प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मूख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

२०७४ को प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता विष्णु पौडेल र नेकपा एमालेका नेता मोहनप्रसाद रेग्मीबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा नेकपा एमालेका रेग्मी बिजयी भएका थिए । प्रदेशसभामा विजयी भएका रेग्मीले १६ हजार ६ सय १३ मत ल्याएका थिए भने कांग्रेसका पौडेलले १३ हजार एक सय ४० मत प्राप्त गरेका थिए । क्षेत्रमा ३१ हजार दुई हजार १३ मत खसेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : १४ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा