४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्रिकेटर शक्ति गौचन जुनियर क्रिकेट लिग खेलाउँदै



बुटवल । क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएका छन । गौचनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पुरा भएको बताए ।

देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्प्रर्धा गर्ने उनले बताए । रुपन्देही क्रिकेट खेलको उवर्भरभुमी भएको दाबी गर्दै उनले लामोसमयको तयारी गरि खेलाडी छनौट पुरा गरि टिम तयार गरेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको उनले जानकारी दिए । स्थानिय पालिकाहरुबाट प्रत्येक टिमको २० खेलाडीहरु छनौट गरेको उनले बताए ।

४० ओभरको खेलमा खेलाडीहरु आफनो ब्याटिङ र बलिङको प्रर्दशन गर्ने राम्रो अवसर पाउने बताउँदै उनले प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल हुनेछ । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च ५ लाख रुपैया रहेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको