२२ भदौ २०८३, सोमबार | September 7, 2026

विदेशमा अलपत्र नेपाली श्रमिकबारे एनआरएनए र अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)बीच छलफल



लण्डन । कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघको आप्रवासन सम्बन्धी संगठनसँग छलफल गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीले राष्ट्र संघ अन्तरगतको अन्तराष्ट्रिय आप्रवासन संगठन (आइएमओ) का प्रतिनिधिहरुसँग संघका छलफल गरेको एनआरएनए० का उपाध्यक्ष डा. बद्री केसीले बताए ।

बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी थिइन् ।

आइएमओले विश्वभरिका माग्रेन्ट श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

झन्डै दुई घन्टा लामो छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड–१९ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. शर्माले संघको भूमिका र कोभिड–१९ को प्रभावमा परेका नेपालीका बारेमा आ–आफ्ना भनाइ राख्दै संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका थिए । झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा। शर्माले आइएमओ र संघबीच धेरै समान अजेन्डा रहेको बताएका थिए ।

उनले आइएओसँग नेपाल फर्किएका श्रमिकको पुनस्र्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताएका थिए ।

बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड–१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराएका थिए । संघअन्तरगतको एनआरएनए फाउन्डेशन परियोजना प्रमुख एकनाथ खतिवडाले बैठकको समन्वयन गरेका थिए ।

गैरआवासीय नेपाली संघका अनुसार आइएमओ प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समान धारणा तय गरी सम्झौता (एमओयु) गरेर अघि बढ्न सकिने बताएकी थिइन् ।

नेपालले सन् २००६ मा इन्टरनेश्नल अर्गनाइजेशन फर माईग्रेसनको सदस्यता लिएपछि सो संस्था सन् २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ ।

आइएमओले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ११ : २१ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको