१४ बैशाख २०८३, सोमबार | April 27, 2026

स्वदेश फर्किँदै हुनुहुन्छ ! आफ्नो उडान तालिका र भाडाबारे थाहा पाउनुहोस



काठमाडौं । सरकारले विदेशमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने योजना बनाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जहाज र भाडा तोकेको छ ।

कोरोना महामारीको विश्वव्यापी संकटका कारण रोजगारी गुमेर या अन्य अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न सरकारले केही दिन अघि योजना बनाएको थियो । तर, विभिन्न ट्राभल एजेन्सीहरुले जहाज चार्टर गर्दा अनियमितता गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडा दर तोकिदिएको छ ।

तोकिएको भाडादरभित्र रहेर नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्स, नेपालकै निजी हवाई सेवा कम्पनी हिमालयन एयरलाइन्स लगायत अन्य विदेशी वायुसेवा कम्पनीले पनि आफ्ना जहाज उडाउन पाउनेछन् ।

जसअनुसार नेपाल एयरलाइन्सले २४ र हिमालयन एयरलाइन्सले १९ उडान तालिकाको अनुमति पाएका छन् ।

स्वदेश फर्किनका लागि विभिन्न दूताबासमा नाम टिपाएकाहरुलाई चरणवद्ध रुपमा ल्याइने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहने नेपालीले स्वास्थ्य परीक्षण अनिवार्य गराई कोरोना नभएको प्रमाण भने पेश गर्नुपर्नेछ ।

मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले आफ्नो पहिलो उडान बंगलादेशमा गर्नेछ । जेठ ३२ गते ढाका जाने नेपाल एयरलाइन्सको विमानले त्यहाँ अलपत्र विद्यार्थीहरु ल्याउने छ ।

यस्तै, असार १ गते मलेसिया, सिंगापुर, कम्बोडिया, साउदी अरब र ओमानबाट एक एक चार्टर उडान हुनेछ । असार २ गते यूएई, कुवेत, कतारमा एक एक उडान हुनेछ भने सोही दिन श्रीलंकाबाट पनि नेपालीलाई ल्याइनेछ । यस्तै, असार ३ गते पुनः बंगलादेश, थाइल्याण्ड, अष्ट्रेलिया, कतार, बहराईन र अमेरिकासमेतबाट एक एक उडान हुनेछ ।

यसैगरी, असार ४ गते युएई, साउदी अरब, ओमन र मलेसियाबाट एक–एक उडान हुनेछ भने असार ५ गते कुवेत, साउदी अरब, जापान, र नाइजेरियाबाट दुई–दुई उडान गरिनेछ।

असार ६ गते कतार, युएई, बंगलादेश, मलेसिया, साइप्रस र युरोपबाट एक–एक चार्टर उडान गरिनेछ । असार ७ गते दक्षिण कोरिया, मलेसिया, कुवेत र ओमनबाट दुई–दुई चार्टर उडान गरी नेपालीलाई ल्याउने उडान तालिका बनेको छ ।

असार ८ गते थाइल्याण्ड, अस्ट्रेलिया, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान र असार ९ गते जापान, माल्दिभ्स, यूएई र युगान्डाबाट दुई–दुई उडान हुनेछन्।

असार १० गतेका लागि साउदी अरब र कुवेतमा दुई–दुई उडान हुनेछ भने असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछन्।

कुन देशका लागि कति भाडा तोकियो ?
सम्बन्धित देशको उडान दुरी अनुसार चार्टड उडानको भाडादर निर्धारण गरिएको छ । डलरमा निर्धारण गरिएको भाडादर अनुसार सबै विमान कम्पनीले उडान भर्नुपर्नेछ ।

देश                                               भाडा डलरमा
बंगलादेश                                         १६५
नयाँ दिल्ली                                       २०५
मुम्बइ                                               ३१०
बैंगलोर                                             ३३५
थाइल्याण्ड बैंकक                             ३९०
क्वाललम्पुर                                        ५२०
कम्बोडिया                                        ४००
दुवई                                                 ५००
आवुधावी                                          ५००
साउदी अरब                                     ५९०
रियाद                                               ६३०
जद्हा                                               ७७०
जोर्डन                                               ८१५
जापान नारिता                                   ९३५
साइप्रस                                            ८७५
फ्रयाङकफर्ट                                    १२५५
लन्डन                                               १३४०
दोहा                                                 ५४५
हङकङ                                           ५५०

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ११ : ५४ बजे

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले