२ बैशाख २०८३, बुधबार | April 16, 2026

नरैनापुरको मुहार फेर्नेछौ : गठबन्धनका उम्मेदवारहरु अथक र नमुना



कोहलपुर । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ बर्षमा नरैनापुरका मुहार फेर्ने प्रतिबद्धता जनाएका छन । शनिवार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा तर्फका साझा उम्मेदावर अथक र बाँके १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी नमुनाले उक्त प्रतिबद्धता जनाएका हुन ।

सभामा बोल्दै माओवादी स्थाई समिती सदस्य युवा तथा खेलकुद मन्त्री एंव उम्मेदवार महेश्वरजंग गहतराज अथकले बिगत ५ बर्षमा बिकासको जंग खोलिएको भन्दै आगामी ५ बर्षमा मुहार फेरीने बताए । उनले बिगतको दुर्गम नरैनापुरमा बिजुली , सडक पुर्वाधार , नदि नियन्त्रण , बिद्यालय , खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि , पर्यटन ,रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार , ईलाका प्रशासन , नापि तथा मालपोतका शाखा कार्यलय स्थापनामा पनि जोड दिईने आश्वासन दिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिगतको कामको आधारमा आफुहरुले पुन मत माग्ने अधिकार रहेको भन्दै पुन अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिने । उनले आफुहरुको आगामी कार्यकाल बिकासको बर्ष हुने दाबि गरिन ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मीकीले अथक र नमुना बाहेक अन्य उम्मेदवारले नरैनापुरमा भोट माग्ने नैतिक अधिकार नभएको बताए । उनले बिकट बघौडाको बिकासका लागी क्रियासील अथक र नमुना लाई मत दिएर बिजयी गराउन आग्रह गरे । उनले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन गरिएको भन्दै दाँयाबाँया नगरी मतदान गर्न समेत आग्रह गरे ।

कार्यक्रममा नेपाली काग्रेसका नेता हुर्मत न्यौपाने , पोषण केसी , कृष्ण कार्कीले देशभर ९१ स्थानमा प्रतिनिधी सभामा माओवादीले नेपाली काग्रेस लाई मतदान गर्ने भन्दै बाँके निर्वाचन क्षेत्र १ र प्रदेश सभा १(१) मा कुनै संकोच नमानी गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न अग्रह गरेका थिए ।

चुनावी सभामा माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी , एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले पनि गठबन्धनमा दाँयाबाँया गर्ने छुट कसैलाई नभएको भन्दै आगामी सरकार गठबन्धनको बन्ने र यसले बिकास र समृद्धीको नेतृत्व गर्ने दाबि गरे ।

सभामा नेपाली काँग्रेसका नेता राम चन्द्र मौर्या , राज कुमार बर्मा, एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार मौलाना अब्दुल जब्बार मञ्जरी लगायतले गठबन्धन लाई बिजयी गराउन कुनै कसर नराख्ने बताएका थिए । सभामा उल्लेख्य स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ०० बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार