२९ माघ २०८२, बिहिबार | February 12, 2026

तीन महिनामा ५८ करोडको टेलिभिजन सेट र पौने ३० करोडको क्यामरा नेपाल भित्रिए



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रुपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ ।

सोही अवधिमा पौने ३० करोड रुपैयाँको विभिन्न प्रकारका क्यामरा पनि नेपाल भित्रिएको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको टेलिभिजन सेट र क्यामरना नेपाल भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ ।

सोही समयमा २९ करोड ७९  लाख ८७ हजार रुपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ३६ बजे

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय