६ पुस २०८२, आइतबार | December 21, 2025

अफगानिस्तान चरम खाद्यान्न संकटको चपेटामा



काबुल । अफगानिस्तानमा चरम खाद्यान्न अभाव भएको र सन् २०२२ मा खाद्य असुरक्षा तीव्र बढेको छ, संयुक्तराष्ट्रको खाद्य र कृषि संगठन ९एफओए०ले जनाएको छ । एफओएले एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

लामो समयसम्मको खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीले २ करोड २८ लाख अफगानीलाई असर गरेको प्रतिवदेनमा उल्लेख छ ।

‘ विस्तारित खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरताले २ करोड २८ लाख मानिस प्रभावित छन्’, प्रतिवेदनमा भनिएको छ । त्यस्तै, विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी०ले पनि अफगानिस्तानको आर्थिक संकटबारे चासो देखाएको छ । एक वर्षको आर्थिक कठिनाइ, भूकम्प र बाढी जस्ता वातावरणीय प्रकोपहरूको सामना गरिसकेपछि अफगानी जनता अर्को कठोर जाडो मौसमको लागि पहिलेभन्दा कम तयार रहेको  डब्लूएफपीले एक विज्ञप्तिमा  उल्लेख गरेको छ । हरेक १० मध्ये ९ घरपरिवारले आफ्नो खाद्यान्न आवश्यकताहरू पूरा गर्न नसकेको पनि डब्लूएफपीले जनाएको छ ।

जनता चार दशक लामो द्वन्द्व, जलवायु जोखिम, कोभिड–१९लगायतका समस्याबाट गुज्रिरहेको अफगानिस्ता पछिल्ला वर्ष  रोजगारी र जीविकोपार्जनबाट वञ्चित भएको डब्लूएफपीले जनाएको छ ।

१५ महिनाअघि तालिवानको सत्तापलटपछि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले काबुललाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ४५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ