४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले भन्ने पार्टी केपी ओली प्रालिमा परिणत भैसक्यो : तरुणदल अध्यक्ष गुरुङ



पर्वत । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले एमाले पार्टी केपी ओली प्रालिमा परिणत भैसकेको बताएका छन् । आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले एमालेमा सिद्धान्तका कुरा उठाउनेको स्थान नभएको र मात्र केपी ओलीको प्रालि कम्पनी जस्तै बनिसकेको बताएका हुन् ।

उनले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बहरगमित हुनपुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत उनले लगाएका छन् ।

पटक-पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ४१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज