१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

भारतलाई पाकिस्तानी प्रधानमन्त्री खानको अफर, ‘तिम्रो मुलुकका भोका नागरिकलाई हामी सहयोग गर्छौ”



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री खानले कोरोना प्रभावित भारतीय जनताका लागि पाकिस्तानको एहसास कार्यक्रममार्फत सहयोग गर्ने बताएका हुन् ।

खानले ट्वीट गर्दै भनेका छन्, ‘लकडाउनका कारण भारतबासी नराम्रोसँग प्रभावित भएका छन् । उनीहरुलाई सहयोग गर्न पाकिस्तानको एहसास कार्यक्रमको प्रयोग गर्नका लागि प्रस्ताव गर्दछु ।’

पाकिस्तानमा एहसास कार्यक्रममार्फत गरिब परिवारलाई आर्थिक सहायता दिईदै आएको छ । कोरोना भाइरसको महामारीसुरु भएपछि गरिएको लकडाउनका बीचमा समस्यामा परेका पाकिस्तानी नागिरकलाई आर्थिक मद्दत गर्न यो कार्यक्रम प्रभावकारी ढ्रंगले प्रयोग गरिएको छ ।

पाकिस्तानमा एहसास कार्यक्रमका प्रमुख सानिया निस्तरले ट्वीट गर्दै एक करोड बढी पाकिस्तानी जनतालाई १२१ अर्ब पाकिस्तानी रुपैयाँ मद्दत गरेको जनाएकी छन् ।

कोरोना भाइरस फैलिनबाट रोक्न भन्दै भारतले गत चैत्र १२ गतेबाट लकडाउन लगाउन सुरु गरेको थियो । लकडाउनका कारण भारतका करोडौं गरिब जनता नराम्रोसँग प्रभावित भएका छन् । कतिपय भारतीय खान नपाएर मृत्यु भएको समाचार भारतीय संचारमाध्यममै प्रकाशित प्रसारित गरिएका छन् ।

अमेरिकाका दुई विश्वविद्यालय एवं मुम्बईस्थित एक संस्थाको रिपोर्ट अनुसार लकडाउनका कारण ८४ प्रतिशत घरपरिवारको आम्दानी घटेको छ । यसका साथै ३४ प्रतिशत जनता अरुको सहायता विना एकहप्ता बढी बस्न सक्दैनन् ।

भारत र पाकिस्तानबीच दुश्मनीपूर्ण सम्बन्ध रहँदै आएको छ ।
-एजेन्सी

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ५ : ०९ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार