४ पुस २०८२, शुक्रबार | December 19, 2025

पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अङ्गदान गर्ने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गरेका छन् ।

मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मन्जुरी नामामा हस्ताक्षर गर्नुभएको हो । मन्जुरी नामामा भनिएको छ, “मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकाले मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानीबुझी स्वेच्छाले यो मञ्जुरी नामा लेखिदिएको छु ।”

आफूले दान गरेका अङ्गबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकाले अङ्गदानको घोषणा गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ११ : ४० बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ